न्यौपानेमाथिको सांघातिक आक्रमण प्रति सात राजनीतिक दलको बिरोध
हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक आक्रमणप्रति मकवानपुरका सात राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार एक संयुक्त विज्ञप्ति निकाल्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, रास्वपाले जनप्रतिनिधि माथिको अमानवीय आक्रमण लोकतान्त्रिक मूल्य–मान्यतामाथिकै प्रहार भएको निष्कर्ष निकालेको हो ।
उनीहरूले घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । समस्या समाधानको उत्तम उपाय सहकार्य र संवादलाई समेत उपहास गरी जनप्रतिनिधि माथि भएको अभद्र एवम् अमानवीय व्यवहार प्रति घोर आपत्ती प्रकट गरेको छ ।
यसैगरी नेपाल प्रेस युनियन मकवानपुरले पनि वडाध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
न्यौपानेमाथि असार ३ गते दिउँसो ३ः४० बजेको समयमा कार्यकक्षमै पुगेका कालो पोशाकमा मोटरसाइकलमा आएका समूहले मोबिल छ्याप्दै हातपात गरेका थिए।
न्यौपाने हेटौंडाबाट प्रकाशन हुने साझाकुरा दैनिकका प्रकाशक समेत हुन् ।







