हेटौंडाबाट ५ जना जुवाडे पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गौरीटार रंगशाला स्थित गाईगोठ बाट जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।
मंलबार दिउँसो गौरीटार रंगशाला स्थित दामोदर चौलागाईंको गाईगोठमा जुवा तास खेली, खेलाई रहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले नगदसहित पाँच जनालाई नियन्त्रण लिइएको हो ।
पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने बर्ष ४५ को दामोदर चौलागाई, वर्ष २९ को बिश्व स्याङ्तान, वर्ष २९ को सुदिप पोख्रेल, वर्ष २९ को प्रदिप ओझा र वर्ष ५२ को बहादुर थिङ रहेका छन् । उनीहरुको साथ बाट सात बुक तास, ८१ हजार तीन सय ९० रुपैयाँ नगद र गोट्टी सहितको काठको लुडो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
पक्राउ परेका पाँचै जनालाई जुवा सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







