भरुवा बन्दुकसहित इन्द्रसरोवरका साङ्दोर्जे पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित इन्द्रसरोवर गाउँपालिकाबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका ५ का ६० वर्षीय साङ्दोर्जे लामा रहेका छन् । घरमा अवैधानिक रुपमा भरुवा बन्दुक राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरिएको हो । लामाको घरकोठामा खानतलासीको क्रममा एकथान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लामालाई हातहतियार तथा खरखजनासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।