हेटौंडा उपमहानगरपालिकाको अतिथि सत्कारमै सकियो एक करोड ५० लाख

अखबार हब
२०८२ जेष्ठ ३०, बिहीबार २१:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आव २०८०/०८१ मा नीति, कानुन र वित्तीय अनुशासनलाई बेवास्था गर्दै विभिन्न शीर्षकमा करोडौं रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक भएको छ ।

महाँलेखा परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको लेखापरिक्षण प्रतिवेदनमा हेटौंडा उपमहानगरपालिकाले नियम र कानून विपरित गरेका कामलाई औल्याएको छ । उपमहानगरपालिकाले अतिथि सत्कारमै सकियो एक करोड ५० लाख रुपैयाँ खर्च गरेको छ ।

उपमहानगरपालिकाले बितेको आर्थिक वर्षमा १ करोड ५० लाख २ हजार २३४ विविध शीर्षकमा, मुख्यतः खाना, खाजा, अतिथि सत्कार लगायतका कार्यक्रमहरूमा खर्च गरेको विवरण सार्वजनिक भएको हो ।

महाँलेखाको प्रतिवेदन अनुसार यो खर्च नियन्त्रण गर्नका सुझाब समेत दिएको छ । अतिथी सत्कारका नाममा कसकसलाई कहाँ राखेर के–के खुवाइयो भन्ने प्रश्न पनि उठेको छ । हेटौंडा उपमहानगरपालिकावासीले तिरेको कर रकमबाट एकै वर्षमा यतीका धेरै यस शिर्षकमा खर्च गरियो भन्ने प्रश्न उठेको छ ।

जबकि स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१ अनुसार व्ययको बजेट आन्तरिक आयको सीमा भित्र रही मितव्ययी र औचित्यमा आधारित हुनुपर्ने व्यवस्था छ । यस्ता खर्च सस्तो लोकप्रियता र भव्य कार्यक्रम प्रदर्शन मा केन्द्रित देखिन्छन्, जसले स्थानीय सेवामा वास्तविक सुधार ल्याउँदैन ।

यस विषयमा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले अतिथी सत्कार, खाना, खाजा शिर्षकमा हुने यतीका धेरै खर्च नियन्त्रण गर्नुपर्ने बताए । यो अतिथी सत्कार खर्च उपमहानगरपालिका भित्रको मात्र होकी वडा कार्यालयको पनि हो भन्ने विषयमा आफु जानकार नभएको उनले बताए ।

महाँलेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरिक्षण प्रतिवेदन ।

यसमा तपाइको मत

Your email address will not be published.


*