हेटौँडा-४ विकासमा नमुना वडा बनाउँदैछाैँ: सिग्देल

अखबार हब
२०८२ बैशाख २९, सोमबार २१:५२

हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू लागि परेकाे बताएका छन् ।

वडा कार्यालयबाट गरेकाे कार्यकाे समीक्षा र आगामी याेजनाकाे लागि सुझाव संकलन भेलामा बाेल्दै अध्यक्ष सिग्देलले भाैतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा साँस्कृतिकाे विकास, विभिन्न सामाजिक अभियान सञ्चालन गरि वडालाई चाैतर्फी विकास गर्न अग्रसर रहेकाे बताए । उनले टाेलबासीहरूले दिएको सुझावलाई आगामी कार्ययाेजनामा समावेश गरि समस्याहरू प्राथमिकताकाे आधारमा समाधान गर्दै जाने प्रतिबद्वता व्यक्त गरे।

हेटाैँडा र बागमती प्रदेशकाे राजधानीकाे मध्ये भाग र घनाबस्ति रहेकाे वडा भएकाेले सफा, उज्यालाे, हरियाली र सुरक्षित सुविधा सम्पन्न वडाकाे रूपमा विकास गरिरहेकाे भेलामा वडा अध्यक्ष सिग्देलले तथ्यसहित आफ्नाे भनाई राखेका थिए ।

भेलामा टाेल विकास संस्था, विभिन्न सामाजिक संस्था र विभिन्न क्षेत्रका अगुवाहरूकाे सहभागीता रहेकाे थियाे । २६ वटा टाेल विकास संस्थाकाे तीन चरणमा भएकाे भेलाकाे अध्यक्षता वडा सदस्य गीता त्रिपाठीले गरेका थिए । भेलामा टाेल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र बस्ताकाेटी, वडा सचिव रामप्रसाद गुरागाईँ, श्रमिक मावि, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की र शैक्षिक सुधार गुणस्तर समितिका संयाेजक श्रीराम दाहाललगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*