खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना

अखबार हब
२०८२ बैशाख २७, शनिबार १९:५१

हेटौँडा । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरकाे चाैथाे जिल्ला अधिवेशनले रूपा ढुङ्गानालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

शनिबार हेटौंडामा भएको अधिवेशनबाट ढुङ्गाना अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन ।

यस्तै अधिवेशनले उनको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले महासंघ जिल्ला उपाध्यक्षमा सङ्ग्राम बल लामा र धन कुमार मुक्तान,सचिवमा विवेकानन्द न्याैपाने , सहसचिवमा मदन कुमार बल र काेषाध्यक्षमा बिमल विक चयन गरेको छ । यस्तै सदस्यहरुमा कृति थापा, विमल घलान, ढुङ्गाना कुमार मुक्तान र लिल तामाङलाई चयन गरेको छ ।

अधिवेशनमा अन्नपूर्णपोस्टमा कार्यरत पत्रकार सरोज पौडेल र तेक्वान्दो खेलमा अन्तरास्ट्रिय निर्णायक कोष उतिर्ण गरेका विमल बहादुर बिस्वकर्मालाई सम्मान समेत गरेको छ ।

महासंघको केन्द्रिय महासचिव धरम बहादुर लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज रामेस्वर राना ,नेकपा एमाले जिल्ला उपसचिव आरती पाठक, महासंघ केन्द्रिय सचिव प्रभु नारायण सिवाकोटी ,हेटौंडा उपमहानगरपालिका – ११ को वडाध्यक्ष जुना दाहाल ,महासंघ केन्द्रिय सचिवालय सदस्य सानू लामा,महासंघ प्रदेश कमिटी सह- संयोजक जेन श्रेष्ठ,युवा संघ मकवानपुरका अध्यक्ष राजेस नगरकोटी , महासंघ जिल्ला कमिटीका निवर्तमान अध्यक्ष सविन मोक्तान लगाएतको अतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*