हेटौंडामा भोलीबाट नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारण सभा

अखबार हब
२०८२ बैशाख २५, बिहीबार १८:५६

हेटौँडा। नेपाल मोबाइल व्यवसायी महासंघको चौथोकेन्द्रीय साधारण सभा हेटौंडामा २६ र २७ गते हुँदैछ। दुईदिन सम्म चल्ने साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको केन्द्रीयले बिहीवार पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै संयोजक छतेन्द्र आचार्यले हेटौंडामा हुने कार्यक्रममा देशभरका प्रतिनिधिहरूको उपस्थिति रहने जनाए। उक्त अवसरमा मोबाइल व्यवसायीहरूले आफ्नो व्यावसायिक हित र समस्याहरूका विषयमा छलफल गर्नेछन्।

महासंघका अनुसार, देशभर मोबाइल व्यवसायमा देखिएको समस्या, समान कर नीति, सिम कार्ड तथा मोबाइल खरिद बिक्रीमा पारदर्शिता, अवैध कारोबार रोकथाम, भन्सार र कर प्रशासनको विषयमा विशेष छलफल गरिनेछ। साथै, मोबाइल व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक नीति र कार्यक्रम तय गरिनेछ।

कार्यक्रममा देशभका ६० जिल्लाबाट करिब एक हजार मोबाइल व्यवसायीका प्रतिनिधिहरूको सहभागिता रहने जनाएको छ । विभिन्न ११ वटा मोबाइल तथा एसोसिएटेड कम्पनीहरूका स्टल राखिनेछ भने स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको संयोजक आचार्यले बताए ।

साधारण सभा उद्घाटन समारोह वैशाख २७ गते बिहान १० बजे प्रभातफेरीसँगै सुरु हुनेछ। स्थानीय तथा केन्द्रस्तरका विशिष्ट व्यक्तित्वको उपस्थिति रहने उद्घाटन समारोहको भव्य तयारी भइरहेको संयोजक आचार्यले जनाए।

महासंघले मोबाइल व्यवसायको समृद्धिका लागि योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको साधारण सभाले देशभरका व्यवसायीहरूलाई एकताबद्ध गर्दै व्यवसायमैत्री वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*