बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

अखबार हब
२०८२ बैशाख २२, सोमबार २२:२२

हेटौंडा । बागमती प्रदेश सरकारले २४ वैशाख (बुधबार)को दिन सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले सोमबार सूचना प्रकाशित गरी आगामी बुधबार सार्वजनिक बिदा दिइएको जनाएकी छन् ।

सूचनामा प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा २०८२ वैशाख २४ गते बुधबार बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*