आयोजक मकवानपुरलाई हराउँदै चितवन महिला गोल्डकपको सेमिफाइनलमा

अखबार हब
२०८२ बैशाख १९, शुक्रबार २१:३९

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा हेटौंडामा आज बाट सुरु भएको महिला गोल्डकपको उद्घाटन खेलमा चितवन जिल्ला फुटबल संघले जीन सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गतको खेलमा आयोजक मकवानपुरलाई पेनाल्टि सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेसँगै चितवन जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको हो ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघ र चितवन बिचको खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो । समय आवभका कारण कुल ६० मिनेटको खेल खालाइएकोमा खेलको दोस्रो हाफमा चितवनका तर्फबाट पहिलो गोल भएको थियो । खेलको ३१ औं मिनेटमा चितवनका तर्फबाट जर्सि नम्बर १० की अनिता गुरुङले गोल गरेकी थिइन् । कर्नर मार्फत् आएको बललाई गुरुङले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । खेल अवधि भर पछि परेको मकवानपुरले ईन्जुरी समयमा गोल गर्दै खेलमा फर्किएको थियो । मकवानपुरका लागि जर्सि नम्बर ९ की टिम क्याप्टेन सजिना स्याङतान थपिएको ३ मिनेटको अन्तिम समयमा गोल गर्दै टिमलाई बराबरीमा पुर्याएको थिइन् ।

खेल बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटमा चितवनले मकवानपुरलाई ५–४ ले पराजित गरेको हो । खेलको म्यान अफ दि म्याच चितवनकी अनिता गुरुङ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ तथा ट्रफि प्राप्त गरिन् ।

प्रतियोगिता अन्तर्गत शनिबार नवजनजागृति क्लब सिमरा बारा र संकटा क्लब काठमाडौं बिच हुनेछ । खेल दिउँसो ४ बजे हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ७ लाख रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*