हेटौंडामा स्कूटर दुर्घटना, एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते

अखबार हब
२०८२ बैशाख १३, शनिबार १०:२७

हेटौंडा । हेटौंडामा शनिबार बिहान भएको स्कूटर दुर्घटनामा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर कुमार पोखरेल गम्भीर घाइते भएका छन्।

हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क अगाडिको भित्री सडक खण्डमा कमलडाँडा तर्फबाट हेटौंडा बजार आउँदै गरेका पोखरेल सवार प्र.३–०३–००१ प. ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको हो।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्कुटरको ब्रेक फेल भएको अनुमान गरिएको छ।

अन्दाजी ६२ वर्षीय पोखरेल आफैंले स्कुटर चलाइरहेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ। हाल उनी अस्पतालको सघन उपचार कक्ष (ICU) मा राखेर उपचार भइरहेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*