बागमतीमा औलो रोगको बिरामी कति ?
हेटौंडा । बागमती प्रदेशमा औलोका बिरामीको संख्या ९१ पुगेको छ ।
औलो संक्रमितको संख्या बागमती प्रदेशका जिल्लाहरुमा ९१ जना रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
औलो रणनीतिक योजना २०२५।२०३० अनुसार नेपाललाई सन् २०३० सम्म औलो मुक्त राष्ट्र बनाउने लक्ष्य रहेको छ। सोही अनुसार औलो निवारण लक्षित कार्यक्रमहरू देशभर सञ्चालन हुँदै आएको छ।
जनस्वास्थ्य कार्याल मकवानपुरका सूचना अधिकारी घिमिरेका अनुसार बागमती प्रदेशको झण्डै १८ लाख १८ हजार जनसंख्या औलोको जोखिममा रहेको छ । आर्थिक वर्ष २०८०।८१ मा १ लाख २६ हजार ६८ ले रोगबारे रक्त परीक्षण गरेका छन् । चालू आर्थिक वर्ष २०८१।८२ को वैशाख ४ सम्ममा ७ सय ९२ बिरामी ९३३ स्थानीय तथा ७ सय ५९ (आयातित) को निदान तथा उपचार गरिएको बताइएको छ ।
यस्तैगरि प्रदेशको मकवानपुर जिल्लामा आर्थिक वर्ष २०८१।८२ को चैत महिनासम्ममा डेगुंका बिरामी २ हजार ६ सय ५६, स्क्रब टाइफसका ४ सय ८९, कालाजारका ५ र औलोका १ बिरामी भेटिएका छन् ।
औलो कस्तो रोग हो ?
औलो सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने इडिसिडीका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. दाहालले जानकारी दिए ।
उनका अनुसार नेपालमा मुख्यतया औलाको दुई किसिमका परजिवी प्याज्मोडियम फास्लिपारम र प्याज्मोडियम भाइभेक्स हुन्छन् । प्याज्मोडियम फास्लिपारमले गराउने औलो रोग जटिल र जोखिमयुक्त हुने उनको भनाइ छ।
डा। दाहालका अनुसार टाउको दुख्नु, थकाई लाग्नु, ज्वरो आउनु, वान्ता हुनु, शरीरका भित्री अङ्ग सुन्निनु, जोर्नी दुख्नु, अत्याधिक जाडो हुनु, शरीरमा रगतको मात्र कम हुनु औलोका मुख्य लक्षण हुन्।
गर्भवती, पाँच वर्ष मुनिका बालबालिका औलोको बढी जोखिममा हुने उनी बताउछन्। लामखुट्टेको टोकाइबाट बच्नुनै औलो रोथामको एकमात्र उपाय हो।
लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउन उनको आग्रह छ। औलो हुनबाट बच्न झुल टाँगेर सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे छिर्न नदिने, लामो बाहुला भएको लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने मलम वा धुपको प्रयोग गर्न चिकित्सकको सुझाव छ।







