हेटौंडाको सडक विस्तार: व्यापारिक क्षेत्र जोगाउन बाइपासको माग

अखबार हब
२०८२ बैशाख १०, बुधबार १९:४७

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–हेटौंडा–नारायणगढ सडकखण्डको स्तरोन्नतिको लागि सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।

बुधबार हेटौंडामा भएको सुनुवाइमा स्थानीय प्रभावितले हेटौंडा बजारको बीच हुँदै सडक विस्तार गर्न नमिल्ने भन्दै बाइपास सडक निर्माणको सुझाव दिएका छन्।

बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले राज्यले उचित क्षतिपूर्तिसहित जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए।

त्यसैगरी हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले विकासमा नगरलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै मानविय हिसाबले काम हुने बताइन्।

सडक विस्तारबाट ६८८ निजी र १८० सामुदायिक संरचना प्रभावित हुने छन्। १०० किमी सडकलाई ४ लेनमा स्तरोन्नति गर्दै सर्भिस लेन, फुटपाथ, साइड ड्रेनसहितका संरचना निर्माण गरिनेछ।

सडकको अधिकार क्षेत्र केन्द्रबाट दायाँबायाँ २५/२५ मिटर कायम गरिएको छ। सडक पथलैयाबाट सुरु भई भरतपुरको गोन्द्राङमा टुंगिनेछ। करिब ६ अर्ब ६८ करोड लागतको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*