जङ्गलमा लागेको आगोको झिल्काले राक्सिराङका थिङको घर जल्यो

अखबार हब
२०८१ चैत्र २१, शुक्रबार १९:३९

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ४ तार्सिङकोट स्थित जङ्गलमा लागेको आगोको झिल्काले स्थानिय राम बहादुर थिङको घरमा आगोलागी भएको छ ।

शुक्राबार बिहान ११:३० बजेको समयमा हावाहुरीको कारण आगोको झिल्काले जङ्गल नजिकै रहेको राम बहादुर थिङको १ तल्ले खरले छाएको कच्चि घरमा लागोलागि हुँदा घर पूर्ण रुपमा जलेरको हो ।

आगोलागिबाट घर भित्र रहेको मकै, कोदो, चामल, लताकपडा, भाँडाकुडा, सोलार प्यानल जलि पुर्णरुपमा नष्ट हुँदा एक लाख ५० हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रवक्ता डिएसपि श्यामु अर्यालले जानकारी दिए । आगलागिबाट मानविय तथा चौपायाहरूको क्षति नभएको र स्थानियहरुको सहयोगमा करिब १ घण्टा पछि पुर्णरुपमा नियन्त्रणमा आएको प्रवक्ता अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*