मिलन दंगाल हत्यामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ

अखबार हब
२०८१ चैत्र २०, बिहीबार २०:२६

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १६, चिसापानीका ३८ बर्षिय मिलन दंगालको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ परेको छ । मकवानपुर प्रहरीले बिहिबार उनीहरुलाई पक्राउ गरेको हो ।

मकवानपुरको बागमती गाउँपालिका–८, भुवनचुली देउडीभञ्जाङमा बुधबार बिहान करिब ७ बजेको समयमा दंगाल मृत अवस्थामा फेला परेको थियो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको बकैया गाउँपालिका वडा नंम्बर–३ बस्ने ३६ वर्षिय प्रशान्त लामा, ललितपुर गोदावारी नगरपालिका वडा नंबर– १२ बस्ने २४ वर्षिय किसन दानी बारा निजगढ नगरपालिका वडा नम्बर–३ बस्ने १९ वर्षकी इनिसा तिमल्सेना, हेटौडा उपमहानगरपालिका वडा नंम्बर– १५ बस्ने १९ वर्षकी सुस्मिता तामाङ, सिन्धुली मरिन गाउँपालिका वडा नंबर–७ बस्ने २० वर्षिय शर्मिला मुक्तान, सोही ठाउँकी १९ वर्षिय रोजिना तामाङ, हेटौडा –१६ बस्ने २८ वर्षिय सुजन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ गरिएका माथि मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि ज्यान मार्ने कसुरमा अनुसन्धान भइरहेको अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*