मकवानपुरको भुवनचुलीमा एक व्यक्तिको मृत्यु
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–८, भुवनचुली देउडीभञ्जाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
आज बिहान करिब ७ बजेको समयमा उक्त स्थानमा एक व्यक्ति मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको हो ।
भुवनचुली देउडीभञ्जाङबाट करिब ४०–५० मिटर तल मदनभण्डारी लोकमार्गको दायाँ साइडको नालामा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१६, चिसापानी निवासी अन्दाजी ३८ वर्षीय मिलन दंगालको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई कानुनी प्रक्रिया पूरा गरी शवलाई हेटौंडा अस्पतालमा राखिएको जानकारी दिएको छ। साथै, घटनाको सम्बन्धमा अनुसन्धान गर्नका लागि सात जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







