हरिगोपालको पुष्पव्यवासयमा सहकारीको देन
कुनै बेला घर तथा अफिसमा सजाइएका फूल र फलकाबोट विरुवाहरु हेर्दा आकर्षक तर प्लाष्टिक, रवर, फाइबर लगायतले बनाएर सजाइएको भेटिन्थ्यो ।
यस्तो किन नक्कली भन्ने प्रश्नमा सबैको एकै खालको जवाफआउने गर्दथ्यो,बोट विरुवाहुकाउनै गाह्रो, खर्च पनि बढी लाग्ने अनिसिजन अनुसारको बोटविरुवा जोह गर्न नै गाह्रो । तर,अचेल प्राकृतिक सौन्दर्ययले भरिपूर्ण सिजन अनुसारका फल र फूलकावोट विरुवाहरुले घर आँगनतथाअफिस रेष्टुरेन्टहरु सजिन थालेका छन् । कृतिमतामा भन्दा प्रकृतिमा रमाउने मानिसको स्वभावलाई मितव्ययी बनाउन भक्तपुरको रोज न्यू ग्रिनलिफ नेपाल द्धारा प्रशोधन तथा पाकेजिङ्ग गरेको हाम्रो नर्सरीले जस्तै अचेल नर्सरी व्यवासय गर्नेको संख्या दिन प्रति दिन टोल टोलमा बढ्दो छ ।
सिजन अनुसारका ४ सय भन्दा बढी प्रजातिका फल र फूल जातका विरुवाहरु उपलब्घ गराउन सक्षम हाम्रो नर्सरी उद्योगले मासिक बीस हजार देखि तीनहजार पाँच सय सम्मका फुलका विरुवा र फलका बोटहरु बिक्रि वितरण गर्दै आइरहेको छ । नर्सरीमा बजारले मागे अनुसारका विरुवाहरु उमार्न सक्ने संचालकहरु बताउँछन् ।
विदेशीहरुले यहाँको रैथाने बीउहरुलाई ह्याब्रिट बनाएर थप आकर्षक र विभिन्न फेवरमा हामीलाई नै बिक्रि गर्छन् । तर हामीले हाम्रो रथाने बीउलाई संरक्षण र यसलाई प्रर्वधन गर्न नसके पनि बजारले मागेको यहाँको हावापानी सुहाउँदो बोट विरुवा उत्पादन गर्न सक्षम रहेको हाम्रो नर्सरीका सञ्चालक हरिगोपाल त्वायनाले बताउछन ।
त्वायनाले ३ रोपनी जग्गा भाडामा लिएर हाम्रो नर्सरी सञ्चालनगर्दै आएका छन भने थप२ रोपनीजमिन भाडामै लिएर सो पिस र बिक्रि कक्ष राखेका छन् । त्योसँगै वातावण मैत्री रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन ।
सौन्र्दय र आकर्षक बोट विरुवासँगै चियानास्ता गर्ने रेष्टिुरेन्ट पनि सञ्चालन गरी हाम्रो नर्सरीका सञ्चालक हरि गोविन्द त्वायनाले दर्जनौलाई रोजगारी प्रदानगर्दै आएका हुन। यसले त्वायनालाई दोहोरो फाइदापुगेको छ । एकातिर नर्सरीको सौन्र्दय देखेर रेष्टुरेण्टमा ग्राहकको संख्या बढेको छ अनि अर्कोतर्फ रेष्टुरेण्टमा आएका ग्राहकहरुले आफूलाई मन पर्ने बोट विरुवा पनि नर्सरी बाट किनेर लग्ने गरेका छन् ।
यो नविन सोचले त्वयाना न विदेश जानु परेको छ नतकुनै अर्को अवसरको खोजिमा हिड्नु परेको छ । विहान देखि बेलुकी सम्म नर्सरीमै व्यष्त छन् । आफू मात्रहोइन आफ्नो परिवार छोरा छोरीलाई पनि यसैमा रोजगारी दिएका छन । अरुलाई पनि रोजगारी दिन सक्षम छन् । एक सय वटा गमला सहित नगद रु. ५०/६० हजारको लगानीबाट आज भन्दा १५ वर्ष देखि यस क्षेत्रमालागेका त्वयनाको अहिले २५/३० लाखभन्दा बढी लगानी छ । घर ब्यवहार यसैले धानेको छ ।
यी सबै हरिगोपाल त्वयनाको सफलताको कथामा स्थानीय स्तरमा सञ्चालित सहकारी संघ संस्थाको महत्वपूर्ण भूमिका देखिन्छ । ब्यवसाय प्रर्वधनका लागि सर्वसाधारणको बैक तथाबितिय संस्थामा सोझै कारोबार गर्न गाह्रो छ । बैंकिङ्ग प्रणालीको पर्याप्त जानकारी नहुँदा झन्झट मान्नु स्वभाविक होला, त्यसमाथिआफू सदस्यभएको सहकारीबाट आवश्यकताअनुसार २/४ लाख रुपियाँ त्यो पनि विना धितो ऋण पाउँदा पुष्प व्यवसायी त्वयना खुसि छन् । त्यसमाथि भक्तपुर घरेलु तथा साना वचत तथा ऋण सहकारी संस्था लि.बाट विभिन्न तालिम र अभिमुखिकरण सहित रु.२ लाखसम्मको सहुलियत दरमा स्वरोजगार कोषबाट ऋण प्राप्त हुँदा आधुनिक पुष्प व्यवसाय प्रर्वधनमा फाइदा पुगेको उहाँको अनुभव छ ।
पुष्प व्यवासयी त्वायना बताउँछन्, दशै तिहारमा करोडौ मूल्य बराबरको विदेशबाट फूल भित्रिन्छन्, तीफूलहरु त हामीले नै उत्पादन गर्न सक्छौं तर हामी कृषकलाई नत समयमै उन्नत बीउ बीजन र मल खादकै व्यवस्था छ । सरकारी अनुदान त चाहिदैन भन्छु म बरु सहुलियत दरको ऋण देउ,त्वायना भन्छन् । जनताले सहकारीमा जम्मा गरेको बचतलाई ऋणको रुपमालिएर हामी कारोवार गरिरहेका छौं । सानो तिनो व्यवसायका लागि त ठिक हो र राम्रो पनि छ । हाम्रो आवश्यकताहरु सहकारीले पनि पुरा गर्न सक्दैनन्,पुष्प व्यवसायी त्वायना बताउँछन् । उनले भने यो व्यवसायलाई म अझ फराकिलो बनाउन चाहन्छु । उमेर ढल्कि सकेको छ, यसैमा समर्पित भएर पुष्पव्यवसाय प्रर्वधन गर्न चाहन्छु ।
आफ्नो पुष्पव्यवसायलाई प्रवर्धन गर्न विभिन्न महोत्सव र सभा सम्मेलनमा पनि सहभागि भइरहने त्वायनाले विभिन्न सहकारी संघ संस्थाहरुको कार्यालयको सौन्र्दय करणमा पनि टेवा पु¥याउदै आएका छन् । ति नै सहकारी संघ संस्थाहरुसँग मिलेर पुष्प व्यवसायमा नयाँ पुस्तालाई आकर्षित गर्न सिपमूलक तालिमहरु पनिदिन मन पराउने त्वायनाले २०६६ साल देखि मसला र जडिबुटी खेति र उत्पादन थालेका थिए । “खोटो सिकाले सक्कलीसिका”लाई बिस्तापित गर्छ भन्ने जन उक्तिसँगै उहाँपनि सिटिसि चियाका कारण हर्वल टि उत्पादनबाट झण्डै बिस्थिापित भएका थिए । ९०.९५ प्रतिशत विदेशी तथा अन्य विभिन्न फेवरका सिटिसि चियाले उहाँको जडिवुटी वाहर्वल टि उत्पादन र बजार सुक्न थालेपछि स्थानीय सहकारी संघ संस्थाको ऋण सहयोगमा २०६६ साल देखि पुष्प व्यवसायमा उहाँले आफ्नो पेसा व्यवसाय मोडेका हुन ।
ठूल ठूला कम्पनीहरुका अगाडि सानोतिनो व्यवसाय फस्ताउन गाह्रो हुने पर्याप्त अनुभव बटुलेका पुष्पव्यवसायी त्वायनाले सहकारी तथा बितिय संस्थाहरुबाट सहुलियत दरको कर्जा लिएर व्यवसाय गरे कृषि क्षेत्र पनि उकासिने, आयश्रोत पनि बढेर कृषकको जीवन पनि बदलिने तथा रोजगार पनि सृजना गर्न सकिने धारणा राख्दछन् । राजनैतिक भागबन्दाको नाममा बास्तिविक कृषकहरुले सरकारी अनुदान र सहुलियत नपाएको गुनासो गर्दै उहाँले समुदायमा आधारित जनताको पैसा संकलन गरेर ऋण दिने सहकारी संघ संस्थाले के हामी जस्तो पुष्पव्यवासय गर्ने व्यवसायीको आवश्यकता पूरा गर्न सक्लात ? उहाँको प्रतिप्रश्न छ ।
शहरी क्षेत्रमा जमिनको अभाव हुन थालेपछि स्थानीय तह एवं विभिन्न सहकारी संघ संस्थाहरुले कौसि खेतिसिकाउने प्रचनल बढेको बेला समुदाय घर घरमा हरियाली र सौन्र्दय करणमा आकर्षित भएका छन् । पुष्प व्यवसायमै विभिन्नगिफ्ट आइटम,साना ठूला कपहरु तथा फाइबर प्लेटहरुमा समेत सौद्यले भरिपूर्ण फल र फूलकाबोट विरुवाको व्यापार बढ्दै गएको छ । यस्ता उत्पादनहरु साना ठूला होटलहरु, हाउ जिहरुमा समेत सजिन थालेका छन् । विदेशबाट आयातित यस्ता उत्पादनहरु स्वदेशमै उत्पादन र प्रवर्धन गर्न, गराउन समुदायमा आधारित सहकारी संघ संस्था सहित सरोकार वालानिकायले बेलैमा ध्यान दिनआवश्यक भएको पुष्पव्यवसायी हरिगोपाल त्वायना बताउँछन् ।








