लियो जिल्ला परिषद उपाध्यक्षमा पृथ्वीको उम्मेदवारी
हेटौंडा । नेपाल लियो जिल्ला परिषद उपाध्यक्ष पदमा पृथ्वी नेपालले उम्मेदवारी दिएका छन् ।
आगामी बैशाख ६ गते हुने नेपाल लियो जिल्ला परिषद ३२५ एस नेपाल को २०२५/०२६ कार्यकालका लागि उपाध्यक्ष पदमा नेपालले आफ्नो उम्मेदवारी दिएका हुन् ।
विगत एक दशकदेखि सामाजिक कार्यमा सक्रिय लियो क्लबमा आवद्ध रहेका हेटौंडाका नेपालले शुक्रबार आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। उनले लियो क्लबलाई आफ्नो दोस्रो परिवार भएको बताउँदै, अनुभव बटुल्ने, सिक्ने र सिकाउने अवसर पाएको बताएका छन्।
नेपालले लियो क्लबलाई थप आकर्षक र ऊर्जावान बनाउन आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै सबै साथीहरूको साथ र समर्थनको अपेक्षा राखेका छन् । उपाध्यक्ष पदको प्रतिस्पर्धामा उनीसँग अभिषेक तम्राकार रहेका छन्।
नेपाल लियो जिल्ला परिषद ३२५ एस नेपाल को निर्वाचन बैशाख ६ गते हेटौंडामा हुँदैछ, जसमा विभिन्न पदका लागि प्रतिस्पर्धा हुनेछ।







