मनहरीमा बस र म्याजिक ठोक्किँदा चालकको मृत्यु

अखबार हब
२०८१ चैत्र १४, शुक्रबार ०९:१६

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६ लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस र म्याजिक गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा म्याजिक गाडीका चालक, मकवानपुरको राक्सिराङ गाउँपालिका–४ बस्ने ३२ वर्षीय सन्देश कोईराला गम्भीर घाइते भएका थिए। उनको खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको थियो। तर, बिहान ४:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*