हेटौंडामा देवरले गरे भाउजुको हत्या, दाइ घाइते

अखबार हब
२०८१ चैत्र १३, बिहीबार ०७:०२

हेटौंडा । हेटौंडा-१, चौकीटोलमा देवरले भाउजुको हत्या गरेको छ । २२ वर्षीय राहुल दासले बुधबार आफ्नी जेठी भाउजु ३५ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राहुलले माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइते रुपेशको हेटौंडा-१ स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

तीन दाजुभाइमध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएका थिए । ३ सन्तानकी आमा गुडियालाई राहुलले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरीले जनाएको छ । बुधबार राति ९ बजे उनको हत्या भएको प्रहरीले थाहा पाएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

हेटौंडामा तरकारी तथा फलफूलको थोक बजारमा बुबासँगै फलफूलको व्यवसाय गर्दै आएका रुपेश दासमाथि भाइले नै सांघातिक आक्रमण गर्नुका साथै जेठी भाउजुको समेत हत्या गर्नुको कारण स्पष्ट नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राहुलले भाउजुको हत्या गरेको, दाइमाथि पनि सांघातिक आक्रमण गरेको स्वीकारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*