करेन्ट लागेर मनहरीका ईन्द्रलालको मृत्यु

अखबार हब
२०८१ फाल्गुन २९, बिहीबार २२:०७

हेटौंडा । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

पश्चिम मकवानपुरको मनहरी-६ नयाँबस्तीमा आफ्नै घरमा मोबाईल चार्ज गर्दा करेन्ट लाग्दा ३१ वर्षका ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाईते भएका मोक्तानको उपचारको क्रममा चितवनमा मृत्यु भएको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*