वडा स्तरीय क्रीकेट प्रतियोगितामा मनहरी १ को शानदार जीत
हेटौंडा । प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव २०८१ अन्तर्गत आज सम्पन्न वडा स्तरीय क्रीकेट प्रतियोगिताको उद्घाटन खेलमा मनहरी १ ले शानदार जीत निकालेको छ ।
मनहरी ८ लाई ४७ रनले पराजित गर्दै प्रथम वडा स्तरीय क्रीकेट प्रतियोगितामा मनहरी १ ले शानदार जीतको सुरुवात गरेको हो ।
१५ ओभरको खेलमा मनहरी १ ले टस जितेर पहिले ब्याटिङ गरेको थियो । टोलीले निर्धारित १५ ओभरमा प्रतिस्पर्धात्मक ११९ रनको लक्ष्य दिएको थियो ।
जवाफमा मनहरी ८ ले लास्ट ओभरसम्म टिकेर ७१ रन मात्रै बनाउन सक्यो र अलआउट हुन पुग्यो।
यस जितसँगै मनहरी १ ले प्रतियोगितामा बलियो सुरुवात गरेको छ।







