मकवानपुर क्याम्पसमा राजावादी र माओवादीको गठवन्धन, एमाले- काग्रेस एक्लाएक्लै

अखबार हब
२०८१ फाल्गुन २७, मंगलवार २०:३५

हेटौंडा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।

आज भएको उम्मेद्वारी दर्ता अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठन र एक स्वतन्त्र उम्मेद्वारको उम्मेद्वारी परेको हो ।

निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ एक्लाएक्लै भिड्नेछन् भने राजावादी, माओवादी र नेकपा एस निकट विद्यार्थी संगठन भने गठवन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गठवन्धनको तर्फबाट वर्तमान अध्यक्ष समेत रहेका छोइसाङ लामाले उम्मेदवारी दिएका छन् । त्यसैगरी पुष्कर घिमिरेले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै सचिव पदमा अनेरास्ववियुबाट जस्पिता अधिकारी, नेपाल विद्यार्थी सघबाट उत्सव घलान र अखिल क्रान्तिकारीबाट दिपेश काफ्लेले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्ष पदमा निनेश पुडासैनी (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन), मिना घिमिरे (नेपाल विद्यार्थी संघ),अमन राय (अखिल क्रान्तिकारी)ले उम्मेदवारी दिएका छन् ।

निर्वाचनका लागि उम्मेदवारहरूको टुंगो लागेसँगै विद्यार्थी संगठनहरू आ-आफ्नो प्रचार अभियानमा जुटेका छन्।निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन क्याम्पस प्रशासनले आवश्यक व्यवस्था मिलाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*