नारायणी संघको साधारणसभा फागुन १७ गते, मुख्यमन्त्रीले उद्घाटन गर्ने
हेटौंडा । नारायणी यातायात व्यवसायी संघको ३६ औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशन फागुन १७ गते हेटौंडामा हुने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
साधारण सभाका दिनमा नेपाल मेडिसिटी अस्पताल काठमाडौंका विशेषज्ञ डाक्टरहरुको टिमबाट स्वास्थ्य परिक्षणसमेत हुने नारायणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष हिरालाल श्रेष्ठले सेवामूलक संस्था भएर पनि संघले नेपाल सरकारलाई कर तिर्दै आइरहेको बताए । अहिले पनि ठूलो रकम नेपाल सरकारलाई कर तिनुपर्ने र आर्थिक अभाव रहेको उनको भनाई छ ।







