अफिम र गाँजासहित चालक पक्राउ

अखबार हब
२०८१ फाल्गुन १५, बिहीबार १७:१२

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध अफिम र गाँजासहित सुमो चालक पक्राउ गरेको छ ।

गत शनिबार इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर-६ नयाँ बस्ती स्थित पुर्वपश्चिम राजमार्गमा रोकी राखेको बा ७ च ७०१८ नम्बरको सुमोबाट लागुऔषध अफिम ६ किलो १६० ग्राम, गाँजाको धुलो एक सय २७ किलो ९४० ग्राम र गाँजा ३१ किलो ५६० ग्राम बरामद गरेको हो ।

सुमोको पछाडीको सिट मुनि लुकाई छिपाई गरी राखिएको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको मकवानपुर प्रहरी प्रबक्ता श्यामु अर्यालले जानकारी दिए । गाडी रोकि फरार रहेका चालक काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर- ४ जोरपाटीबाट मंगलबार साझ पक्राउ गरिएको प्रबक्ता अर्यालले बताए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका काठमाडौं महानगरपालिका वडा नम्बर-१३ बस्ने ३८ बर्षिय लालबहादुर तामाङ रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*