हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ६ सल्लाघारी नजिक मोटर साइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
बुधबार साँझ हेटौंडा- ६ सल्लाघारी नजिकै भित्री सडकखण्डमा रामनगरतर्फबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटर साइकलले पैदल यात्री हेटौंडा- ६ रामनगर बस्ने ६१ बर्षिय कमलबहादुर बोहरालाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते बोहराको उपचारको क्रममा गए राती चितवन नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मोटरसाइकल चालक हेटौंडा- ६ हात्तिलेट बस्ने ४२ बर्षिय बिदुर सापकोटा फरार रहेकोले खोजिकार्य भइरहेको प्रहरीको भनाइ छ ।







