नेत्रहीन महिला विश्वकप क्रिकेट प्रतियोगिता: प्रारम्भिक नेपाली राष्ट्रिय टिममा २५ जना खेलाडी छनोट

अखबार हब
२०८१ फाल्गुन १३, मंगलवार २१:१८

हेटौंडा । आगामी नोभेम्बर महिनामा नेपालमा हुने महिला नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली रास्ट्रिय महिला टिमको प्रारम्भिक खेलाडी छनोटको कार्य सकिएको छ ।

गत शनिवारबाट हेटौंडा उपमहानगरपालिका -४ स्थित हुप्रचौरमा नेत्रहीन क्रिकेट संघ नेपालको आयोजना तथा नेपाल अपाङ्ग राष्ट्रिय महासंघको सहकार्यमा नेत्रहीन रास्ट्रिय क्रिकेट महिला टिम छनोट प्रतियोगिता कार्यक्रम सुरु भएको थियो ।

खेलाडी छनौटका लागि ७ प्रदेशबाट ३८ जना खेलाडीहरुको सहभागिता भएका थिए । सहभागिता जनाएका खेलाडीहरुलाई ३ वटा समूह बनाएर खेल खेलाएर उनिहरुको खेल क्षमता हेरेर २५ जना खेलाडीहरुलाई छनौट गरिएको नेत्रहीन क्रिकेट संघ नेपालको अध्यक्ष पवन घिमिरेले बताए । उनका अनुसार पहिलो चरणको छनोटमा परेका २५ जना खेलाडीलाई प्रारम्भिक सूचीमा राखिएको छ भने दोस्रो चरणमा हाल रास्ट्रिय टिममा रहेका मध्येसहित गरि १५ जना खेलाडीलाई छनोट गरि बन्द प्रशिक्षणमा राखिने उनले बताए ।

संघका अध्यक्ष घिमिरेले भने “आगामी नोभेम्बर महिनामा नेपालमा हुने महिला नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको नेपाल आयोजक रास्ट्र हो” । बिस्वमै पहिलो पटक नेत्रहिन महिला बिस्वकप क्रिकेट प्रतियोगिता हुन लागेको हुनाले धेरै खुशी छाै । तर , समाज राज्यबाट भने खासै सहयोग पाएका छैनाै । हामिहरुलाई आर्थिक तथा अपाङ्गता मैत्री खेल मैदानको अभाव छ । खेल मैदान नहुदा कहिले पुर्व त कहिले पश्चिम् पुग्नु पर्ने बाध्यता रहेको उनले बताए ।

२०६२ सालमा स्थापित नेत्रहीन क्रिकेट संघले निरन्तर नेत्रहीन क्रिकेट खेललाई बिस्वमाझ अघि बढाउने कार्य गर्दै उनले बताए । समाज र राज्यले अपाङ्गता भएको ब्यक्तिले पनि खेल खेल्न सक्छन् र ? भन्ने खालको दृष्टिकोण रहेको भन्दै त्यो सोच बदल्दै रास्ट्रका लागि अपाङ्गता भएका ब्यक्तिहरुले पनि योगदान गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नु छ । हाम्रो लडाई समाज र राज्यले अपाङ्गता भएको ब्यक्तिलाई हेर्ने नजरमा परिवर्तन गराउनु रहेको अध्यक्ष घिमिरेले बताए ।

यस्तै नेत्रहीन महिला नेपाली रास्ट्रिय क्रिकेट टिमको पहिलो छनौट कार्यक्रममा सहभागी हुन कास्कीबाट हेटौंडा आएकी सुस्मा तामाङले आफू छनौट भएकोमा खुशी रहेको बताईन । यस्तै उनले अपाङ्गता भएको ब्यक्तिले पनि देशको नाम राख्न सक्छन् भन्ने कुरा स्थापित गर्न आफू क्रिकेट खेल्न लागेको बताईन ।

यसमा तपाइको मत

Your email address will not be published.


*