चौतारी बागमती प्रदेश कमिटीको अध्यक्षमा रिमाल, महासचिवमा दाहाल

अखबार हब
२०८१ फाल्गुन १२, सोमबार १५:२३

हेटौंडा । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा तिलकराम रिमाल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको नारायणगढमा आईतवार सम्पन्न अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा प्रज्वल पौडेल, उपाध्यक्ष (महिला) मा तारा बस्नेत, महासचिवमा प्रकाश दाहाल, कोषाध्यक्षमा रामशरण दुलाल, सचिवहरुमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रुपक कोइराला, नवराज श्रेष्ठ, जगतमान तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दीपेन्द्र अधिकारी, राजेश घिमिरे, आरती ढकाल, विबस अधिकारी, रविन ढुंगाना, कविराज ढकाल, राजाराम डङ्गोल, दीपक बिक्रम देउजा, पुरुषोत्तम रिजाल, सुनिता विष्ट, दीपा भण्डारी, रविन्द्र भट्टराई, देवराज सुवेदी, रुपक कालिराज, अमिर रामदाम, सुदिप अधिकारी, रामेश्वर रिजाल लगायत निर्वाचित भएका छन् ।

सर्बसम्वत रुपमा निर्वाचित सबैजनालाई प्रेस चोतरी नेपालका अध्यक्ष गणेश बस्नेतले सपथ तथा प्रमाणपत्र वितरण गरेका थिए ।

अधिवेशनको उद्घाटन सत्रलाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, संगठनका अध्यक्ष गणेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*