हेटौंडाको एन्टारटिक बिस्कुट विरुद्धको आन्दोलन स्थगित
हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित एन्टारटिक बिस्कुट प्राली विरुद्धको मजदुरहरुको आन्दोलन स्थगित भएको छ । उद्योग व्यबस्थापन र श्रमिकहरु बीच गैरकानुनी ढङ्गले निष्कासन गरिएका श्रमिकहरुको पुनर्बहाली गर्ने सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।
बिहिबार श्रम कार्यालय हेटौंडामा उद्योग व्यबस्थापनसँग भएको वार्ताले उद्योगको निष्कासनमा परेका ९६ श्रमिकलाई पुनर्बहाली गर्ने सहमति भएको छ । बार्ताले श्रमिकलाई रोजगार सम्झौता पत्र दिने साथै उधोगमा थप ६ जनालाईसमेत नियमित रोजगार प्रदान गर्ने गरी १ सय २ जनालाई नियमित रुपमा उधोगको काममा फर्काउने सहमति भएको समग्र उद्योग ट्रेड युनियन नेपाल, मकवानपुरका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार बार्ताको क्रममा श्रमिकहरुको परिक्षण अवधी सकिएकाहरुको हकमा भने श्रम ऐन बमोजिम स्थायी नियुक्ती गर्ने सहमतीसमेत गरिएको अध्यक्ष अधिकारीले बताए ।
उधोगले अनुचित श्रम अभ्यास गर्दै बिना कारण गैह्र कानुनी ढंगले कर्मचारी निष्कासन गरेको बिरोधमा गत फागुन १ गतेदेखी श्रमिकहरु आन्दोलित थिए ।







