मकवानपुरको बागमतीमा बिहिवार सार्वजनिक बिदा

अखबार हब
२०८१ माघ ३०, बुधबार २०:१७

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ।

गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि (बिहिवार) फाल्गुन १ गते सार्वजनिक विदा दिएको हो ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बुधबार एक सूचना जारी गर्दै  जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्। बुधबार बसेको गाउँ कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*