भोलि हेटौंडाका सबै शैक्षिक संस्था बन्द

अखबार हब
२०८१ माघ ३०, बुधबार १५:३७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका शैक्षिक संस्था भोलि बन्द हुने भएका छन् ।

बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम हुने भएकाले उपमहानगर भित्रका सम्पूर्ण निजी तथा सामुदायिक शैक्षिक सस्था बन्द हुने जनाएको छ ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै भोलि फागुन १ गते  बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम हुने हुँदा सम्पूर्ण निकायका कर्मचारी कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले एक दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द रहने जनाएको हो ।

उपमहानगरपालिकाले सबै निजि तथा सामुदायिक विद्यालयलाई विद्यालय बन्द गरेर कार्यक्रममा सहभागी हुनको लागि परिपत्र समेत गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

त्यस्तै उपमहानगरपालिकाका अनुसार शैक्षिक सस्था, वडा कार्यालय, स्वास्थ्य सस्थालगायत सबै निकायका सेवा सुचारु नहुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*