लागूऔषध अफिमसहित राक्सिराङबाट दुई जना पक्राउ

अखबार हब
२०८१ माघ ३०, बुधबार १२:०९

हेटौंडा । लागूऔषध अफिमसहित मकवानपुरको राक्सिराङबाट दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर प्रहरीले दुई किलो १४० ग्राम लागूऔषध अफिमसहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

मंगलबार साँझ राक्सिराङ गाउँपालिका वडा ५ बोटबारी स्थित पैदल हिडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा लागूऔषध अफिमसहित नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बारा कलैया नगरपालिका वडा नम्बर- ४ बस्ने बर्ष १८ को दिपक साह र बारा सिम्रनगढ नगरपालिका वडा नम्बर – १ बस्ने बर्ष १९ को शसि मुखिया रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*