मकवानपुरमा ग्यास बुलेट पल्टियो

अखबार हब
२०८१ माघ २८, सोमबार १०:३८

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ त्रिखण्डिमा ग्यास बुलेट पल्टिएको छ ।

आइतबार बेलुका ८ बजेको समयमा त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गत भिमफेदी १ त्रिखण्डि नजिक ग्यास बुलेट पल्टिएको हो ।

हेटौंडा बजार तर्फबाट भैसे तर्फ जादैँ गरेको NL01K1197 नं.को १२ चक्के ईन्डियन ग्यास लोड बुलेट गाडी सडकको दाहिने साईडको भित्तामा फसी बाटो अबरोध भएकोमा ग्यास बुलेट पल्टिएको स्थान नजिकबाट नयाँ बाटो बनाई एकतर्फी रुपमा सवारी आवत जावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

पल्टिएको ग्यास बुलेटलाई निकाल्ने प्रयास भैरहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*