प्रेस स्वतन्त्रता माथिको आक्रमण रोकिएको छैनः शर्मा

अखबार हब
२०८१ माघ १२, शनिबार २०:१९

हेटौंडा । नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अझै पनि आक्रमण भइरहेको बताएका छन् ।

महासंघ मकवानपुर शाखाको कार्यसमिति बैठकमा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि आक्रमण हुँदा लोकतन्त्र नै संकटमा पर्ने अवस्था सिर्जना भएको उनले बताए ।

पत्रकारहरु व्यवसायिक र जिम्मेवार नहुँदा पेशा प्रति नै प्रश्न उठ्न थालेको उनको भनाई छ। स्वतन्त्रताको नाममा पत्रकारहरुले आफ्नो व्यवसायिकतालाई बिर्सन नहुने बताए । अध्यक्ष शर्माले सत्यतथ्य समाचारहरु सम्प्रेषण गरेर जनताको सही सुचना पाउने अधिकारलाई सुनिश्चित्तत गर्नुपर्नेमा दिए । सुचना प्रविधिमा आएको परिवर्तनले सञ्चारक्षेत्रमा चुनौती थपिएको समेत उनले बताए । अध्यक्ष शर्माले पत्रकारहरु निकै संक्रमणकालमा रहेको उल्लेख गरेकी छन् ।

अध्यक्ष शर्माले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी हुने गरी मिडिया कानुनहरु आउनुपर्ने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*