हेटौंडामा भोलिबाट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

अखबार हब
२०८१ माघ १२, शनिबार १७:५५

हेटौंडा । हेटौंडामा २५ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

भोलि बाट १९ माघसम्म हेटौंडाको सामना होटलमा हुने प्रतियोगितामा छनोट भएर आएका १२ पुरुष र १२ महिला गरि २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले बताए ।

कार्यक्रममा मकवानपुरसहित झापा, काठमाडौं,दोलखा, रौतहट,भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाके, मोरङ, बारा, र रुकुमपुर्वका खेलाडीहरु सहभागिता जनाउने छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीहरुले मार्च १० देखि १९ सम्म हुने यसियन जोनलमा सहभागी हुने र उक्त सहभागीताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ । दोश्रो हुनेले नगद १५ हजार तथा तेश्रो हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।

हेटौंडामा हुने प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई आवसीय व्यवस्थापन आयोजकले गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*