बन्दुक बोकेर हिडेका राक्सिराङका थिङ प्रहरी फन्दामा
हेटौंडा । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर – ९ हरियाली सामुदायिक वन क्षेत्रबाट बन्दुक बोकेर हिडिरहेका राक्सिराङ गाउँपालिका वडा नम्बर -१ गडुवानका जितबहादुर थिङलाई पक्राउ गरेको हो ।
थिङको साथबाट फलामको बेरिङ ९ थान, फलाम जस्तो देखिने लाम्चो आकारको बस्तु ३३ थान, ३०५ ग्राम बारुद र एकथान खुकुरी बरामद गरेको प्रहरीले जनाएको छ ।उनलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।







