दोस्रो वडा खेल महोत्सव सुरु, हाजिर जवाफमा ब्रम्हदिक प्रथम
हेटौंडा । हेटौंडामा दोस्रो वडा खेल महोत्सव सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको दोस्रो वडा खेल महोत्सव सुरु भएको हो ।
महोत्सव अन्तर्गत आज भएको हाजिर जवाफ प्रतियोगितामा ब्रम्हदिक एकेडेमी प्रथम भएको छ ।
यस्तै प्रतियोगितमा दित्तीय नवोदय शिशु सदन माद्यामिक विद्यालय भएको छ भने तृतिय आधुनिक राष्ट्रिय माद्यामिक विद्यालय भएको शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रिराम दाहालले बताए ।
प्रतियोगितामा प्रथम भएको ब्रम्हदिक एकेडेमीको समुहमा आभाष घिमिरे, दिव्यान्स शाही र कृष्मा लोडारी रहेका थिए । यस्तै दित्तीय भएको नवोदय शिशु सदनको समुहमा आर्शिया बर्तौला, बिदान पकुवाल र पर्जन्य कुशवाहा रहेका थिए भने प्रतियोगितामा तृतिय भएको आधुनिक राष्ट्रिय माद्यामिक विद्यालय विद्यार्थीहरुको समुहमा आभाष कटुवाल, निरन्जन कुमार यादव र सुमन यादव रहेको समितिका अध्यक्ष दाहालले बताए ।
प्रतियोगितमा भुटनदेवी माध्यमिक विद्यालय,आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय,श्रमिक माध्यमिक विद्यालय,नवोदय माध्यमिक विद्यालय ,ब्रम्हदिक माध्यमिक विद्यालय र सत्यम जेभियर्स माध्यमिक विद्यालय गरी ६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
हेटौंडा उपमहानगरपलिका वडा नम्बर – ४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख अतिथ्यतमा भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थिहरु,वडा सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो । १ महिना अवधिभर हुने खेलकुद महोत्सवमा विभिन्न २१ विद्याका खेलहरुको प्रतियोगिता हुने आयोजकले जनाएको छ ।







