लागुऔषध गाँजासहित कैलाशका थिङ पक्राउ

अखबार हब
२०८१ माघ ९, बुधबार १८:१९

हेटौंडा । मकवानपुर प्रहरीले ८१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले मनहरी- ८ सिम्पानी स्थित पुर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँज गर्ने क्रममा कैलाश- ४ बस्ने २२ बर्षिय छेटुप थिङलाई ८१ किलो लागुऔषध गाँजासहित पक्राउ परेको हो ।

मकवानपुरको राक्सिराङ चैनपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च ००६२ नं.को बोलेरो पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्ने क्रममा पिकअप गाडीको ढाला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागुऔषध गाँजा बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*