भिमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु

अखबार हब
२०८१ माघ ६, आईतवार ०७:४१

हेटौंडा। मकवानपुरको भिमफेदीमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको भिमफेदी गाउँपालिका वडा नम्बर–३ ईचुङ स्थित घट्टेपाखा भिरबाट लडेर स्थानीय ५३ वर्षिया चमेली माया पाख्रिनको मृत्यु भएको मकवानपुर  प्रहरीले जनाएको छ ।

शनिबार घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका उनी चिप्लिएर भिरबाट खसेकी मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शव पोष्टमार्टमको लागी  हेटौंडा अस्पताल ल्याईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*