एआई दुरुपयोग गरिएकोप्रती युवा संघ मकवानपुरको आपत्ति

अखबार हब
२०८१ माघ ३, बिहीबार १३:१२

हेटौंडा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

विहिबार एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तिर्थराज चिलुवाल समक्ष युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटिको नेतृत्वमा गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो ।

कृतिम बौद्धिकता (एआई) को दुरुपयोगले समाजमा नकारात्मक असर परेको भन्दै सामाजिक सञ्जालमा देखिएको विकृतिप्रति युवा संघले आपत्ति जनाएको छ ।

सामाजिक सञ्जालमा एआईको प्रयोग गरी चरित्र हत्या गर्ने, समाजमा भ्रम फैलाउने झुठा समाचार प्रसारण गर्ने, व्यक्तिको प्रतिष्ठा गिराउने खालका नकारात्मक गतिविधिलाई तत्काल रोक्ने उपाय निकाल्न यूवा संघले ध्यानाकर्षणपत्र मार्फत माग गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रशासन प्रमुख चिलुवालले ध्यानाकर्षण पत्रमा उठान भएका विषयवस्तुहरु निकै संवेदनशिल रहेको र त्यसप्रति आफू सकारात्मक भएर अघि बढ्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*