पिकनिक गएर बचेको रकम मामाघर नेपाललाई
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ४ स्थित भुटनदेवी मावि(प्राविधिक शिक्षालय) मा अध्यनरत कक्षा ९ का विद्यार्थीहरुले पिकनिक गएर बचेको रकम मामाघर नेपाललाई सहयोग गरेका छन ।
बुधबार विद्यालय परिषरमा आयोजित एक कार्याक्रमका बिच हेटौंडा-११ मा अवस्थित मामाघर नेपालका संरक्षक अर्पण पराजुली मार्फत विद्यार्थीहरुले पिकनिक गएर बचाएको ८ हजार २ सय ३० रुपैयाँ आर्थिक सहयोग गरेको हुन ।
मामाघर नेपालका संरक्षक पराजुलीलाई विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहल र विद्यार्थीहरुले संयुक्त रुपमा रकम हस्तान्तरण गरेको विद्यालयका शिक्षक प्रकाश सुवेदिले जानकारी दिए । मामाघर नेपालले सडक बालबालिका व्यवस्थापनमा काम गर्दै आएको छ ।







