लागुऔषध गाँजासहित हेटौंडाबाट स्याङ्बो पक्राउ

अखबार हब
२०८१ माघ २, बुधबार ०८:२७

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पुर्वपश्चीम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटेबाट १ सय ११ किलो लागुऔषध गाँजसहित एक जनालाई पक्राउ गरिएको हो ।

हेटौंडाबाट बाराको निजगढतर्फ जादै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडीमा लुकाईछिपाई लादैँ गरेको अवस्थामा रातोमाटेबाट १ सय ११ किलो लागुऔषध गाजाँसहित पिकअप चालक मकवानपुरको कैलाश गाउँपालिका २ डाडाखर्क बस्ने ३४ बर्षिय रावल स्याङ्बोलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको स्याङ्बो माथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*