हेटौंडा बसपार्कको होटलमा मृत भेटिए शाह
हेटौंडा । मकवानपुरको हेटौंडा बसपार्कको एक होटलमा एकजना पुरुष मृत फेला परेका छन् ।
हेटौंडा-१० बसपार्कमा रहेको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा नम्बर-४ का २८ वर्षीय सरोज शाह मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त होटलको कोठा नम्बर १०२ मा बसेका शाह बिहान अबेरसम्म ढोका नखोलेर बाहिर नआएपछि होटल संचालकले प्रहरीमा खबर गरेका थिए ।







