तिरतिरे धारामा कारले दियो स्कुटरलाई ठक्कर, एक जनाको मृत्यु

अखबार हब
२०८१ पुष ८, सोमबार २०:५६

हेटौँडा । हेटौँडा- १ तिरतिरे धारा क्षेत्रमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ ।

भैसेबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो भने पछाडी बस्ने एकजना महिला घाइते भएकी छिन् ।

भैसेबाट हेटौँडा आउँदै गरेको बा.प्र ०३–००२ प ७२६७ नंबरको स्कुटरलाई भारतीय बिआर ०५ विए ००६ नंबरको कारले ठक्कर दिँदा गम्भिर भएका मोटरसाईकल चालक हेटौँडा–१ चौकिटोल बस्ने युवराज लामाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्कुटरमा सवार बबिता लामा भने घाईते भएकि छिन् ।

प्रहरीले कार चालक भारत बिहार मोतिहारीका सुकर्णप्रताप सिंहलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*