मनहरीमा लोप हुँदै गएको रोटेपिङको जगेर्ना

अखबार हब
२०८१ आश्विन २५, शुक्रबार ०८:५१

हेटौंडा । लोप हुँदै गएको रोटेपिङको पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनकामना मन्दिर परिसरमा दसैँको अवसर पारेर सञ्चालन गरिएको छ ।

मनकामना सनातन धर्म संरक्षण संस्थाले दस दिन लगाएर बनाएको काठको रोटेपिङको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बुधबार पूजापाठ गरेर शुभारम्भ गरेको हो । रोटेपिङ शुभारम्भ कार्यक्रममा पालिका अध्यक्ष कालाखेती, पालिका उपाध्यक्ष सीता पुलामी मगर र संस्थाका अध्यक्ष नारायण सुवेदीलगायतले बोलेका थिए ।

हिन्दु धर्म ग्रन्थमा दसैँका बेलामा पिङ खेल्दा धर्ती छोड्नुपर्ने भन्ने मान्यताले पनि यस्ता पिङको संरक्षणमा लागि परेको गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*