यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार अर्याललाई

अखबार हब
२०८१ भाद्र ३०, आईतवार १९:५७

मकवानपुर । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०८० बाट महाकाव्यकार मुना अर्याललाई पुरस्कृत गरिने भएको छ।

महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष अर्याललाई प्रदान गरिने भएको हो। पुरस्कार नगद राशि रु ५१ हजारसहित सम्मानपत्र रहने छ। हालसम्म यो पुरस्कार २० जना साहित्यकारहरुलाई प्रदान गरिसकिएको आईतबार पत्रकार सम्मेलन मार्फत बैंकका हेटौंडा शाखा प्रवन्धन अनन्तराज धितालले जानकारी दिए ।

सामाजिक उत्तरदायित्वलाई सक्रिय रुपमा पूरा गर्ने उद्देश्यले २०५९ देखि नै बैंकले साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको धितालले जानकारी दिए।

त्यसैगरि मातृभूमि समाजको संयोजनमा समाजसेवी इश्वर मैनालीका पिताको स्मृतीमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारीता पुरस्कार २०८० मकवानपुरका पत्रकार माधव न्योपानेलाई प्रदान गरिने भएको छ । न्योपानेलाई सम्मानपत्रसहित दश हजार नगद प्रदान गरिने समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए ।

त्यस्तै समाजकले प्रदान गर्ने मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षासेबी बद्रीनाथ शर्मा अर्याल सम्मानीत हुने भएका छन् ।

पुरस्कार तथा सम्मान ५ असोजमा एक समारोहका बिच प्रदान गरिने समाजका अध्यक्ष दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*