मनहरीमा मोरङ्गे खोल्सीले बगाउँदा स्कुले बालिकाको मृत्यु
हेटौंडा। मकवानपुरको मनहरीमा खोल्सीले बगाउँदा एकजना स्कुले विद्यार्थीको मृत्यु भएको छ ।
मंगलबार साँझ मकवानपुरको मनहरी ८ मा मोरङ्गे खोल्सीले बगाउँदा १४ वर्षीया रंजिता गुरुङको मृत्यु भएको हो भने गुरुङसंगै खोल्सी तर्दै गरेका १७ वर्षीया एक युवती भने सामान्य घाईते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
गुरुङ स्थानीय यूनाइटेड बोर्डिङमा अध्ययन गरेर र सकुशल उद्धार गरीएकी युवती स्थानीय महेन्द्र किरण माध्यमिकमा अध्यन सकेर घर फर्किदै गर्दा खोल्सीमा आएको भेलले बगाएको थियो। गुरुङको शव घटनास्थल भन्दा २ किलोमिटर पर जनसेवा क्रसर नजिकै मृत अवस्थामा फेला पारिएको डिएसपी भण्डारीले जनाएका छन् । अर्कि युवतीको पहिचान नखुलेको र मनहरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
गुरुङको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।







