हेटौंडाबाट गोरुसहित ट्रक नियन्त्रणमा

अखबार हब
२०८१ श्रावण ४, शुक्रबार १९:५५

हेटौंडा । मकवानपुर प्रहरीले गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना‍‍. ७ ख ६६६८ नम्बरको ट्रकमा गोरुलोड गरी राखेको गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडा–११, थानाभर्‍याङबाट गोरुसहित ट्रकलाई नियन्त्रण्मा लिएको हो ।

प्रहरीले ट्रक हेटौंडा–११, थानाभर्‍याङमा रहेको भाञ्जा वर्कशपभित्र राखेको अवस्थामा फेला पारेको जनाएको छ । ट्रकमा भएको १८ वटा गोरु रहेको थियो ।

प्रहरीले ट्रक चालक मनहरी–६, बसन्तपुरका ३० वर्षीय अनिल बयलकोटी समेत लिएको थियो । उनीहरुलाई अनुसन्धान र कारबाहीका लागि प्रहरीले पशु क्वारेनटाइन कार्यालय पथलैया पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*