तरुणको भवन निर्माण गर्न मकवानपुरका भेटवालले गरे २ लाख ५५ हजार सहयोग
हेटौंडा । नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि भेटवालले २ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको आफ्नै भवन निर्माण गर्ने निर्णय अनुसार राजनीतिसंगै सामाजिक काममा पनि सक्रिय भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् ।
तरुण दलको गत चैत १५ र १६ गते केन्द्रिय समितिको बैठकले भवन निर्माण सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सोही अनुसार काठमाडौंको रवी भवनमा करिव २ रोपनीमा क्षेत्रफलको जग्गामा नेपाल तरुण दलले भवन निर्माण गर्नेछ । आफ्नै केन्द्रीय सदस्यहरुबाट रकम संकलन गरी भवन निर्माण गरिने अभियान अध्यक्ष गुरुङले चलिरहेको छन् ।
करिव ३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन निर्माणका लागि हालसम्म तरुण दल केन्द्रीय सदस्यहरुबाट ६८ लाख ७२ हजार रुपैयाँ रकम संकलन भएको अध्यक्ष गुरुङले बताए ।







