बानियाँ बन्धु समाज अध्यक्षमा पुनः कपिल

अखबार हब
२०८१ बैशाख ११, मंगलवार १९:५८

हेटौंडा। बानियाँ बन्धु समाज मकवानपुरको अध्यक्षमा पुनः कपिलबहादुर बानियाँ चयन भएका छन् । समाजको मंगलबार हेटौंडामा दियाली कूल पुजाको अबसरमा भएको अधिवेशनले कपिललाई पुनः अध्यक्षमा चयन गरेको हो ।

कपिल समाजको केन्द्रीय कोषाध्यक्ष पनि हुन् । यसैगरी, १३ सदस्यीय कार्य समिति रहेको समाजको प्रथम उपाध्यक्षमा प्रकाश बानियाँ, द्वितीय उपाध्यक्षमा रामकृष्ण बानियाँ, कोषाध्यक्षमा बद्री बानियाँ, सचिवमा दीपक बानियाँ, सहसचिवमा विमलकुमार बानियाँ चयन भएका छन् ।

समाजको सदस्यमा लक्ष्मी बानियाँ, सुनिता बानियाँ, हरिशरण बानियाँ, लीलाकुमारी बानियाँ, रुपा बानियाँ, देवराज बानियाँ, पाण्डवराज बानियाँ चयन भएका छन् । भेलाले सुरेन्द्रराज बानियाँको संयोजकत्वमा पूजा समिति गठन गरेको छ । भेलामा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, समाजका सल्लाहकार रामबाबु बानियाँलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*