हेटौंडा औद्योगिक क्षेत्रको काटुन फ्याक्ट्रीमा लागेको आगो नियन्त्रण

अखबार हब
२०८१ बैशाख ८, शनिबार ११:०२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ औद्योगिक क्षेत्र  भित्र रहेको एक उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।

मध्य रातमा लागेको आगो करिब ५ घण्टा पछि नियन्त्रणमा आएको हो । आगलागी हुँदा उद्योग र उद्योग भित्र रहेका सरसामान पूर्ण रुपमा नष्ट भएको छ ।

काठमाडौ महानगरपालिका वडा नम्बर–१९ बस्ने संजिब मानन्धरले सञ्चालन गर्दै आएको हेल्पबक्स प्याकेजिंङ प्रालिद्वारा संचालित कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

आगलागी हुँदा मानबिय क्षति नभएको, फ्याक्ट्री पुर्ण रुपमा क्षति भएको, तत्काल के कति क्षति भएको भन्ने विबरण नखुलेको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो जनपथ प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरीले नियन्त्रणमा लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*